प्राधिकरणको २०८१ पुस २५ गते गरेको निर्देशन अनुसार २०८२ माघ मसान्त भित्र पूँजी बृद्धि गर्नुपर्ने जनाइएको छ । उक्त हकप्रद कम्पनीको आगामी वार्षिक साधारण सभाबाट स्वीकृत लिइ नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट स्वीकृत भएपछि निष्काशन हुनेछ ।
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले शतप्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । नियामक निकाय नेपाल बीमा प्राधिकरणले तोकेको चुक्ता पूँजी पु-याउनका लागि कम्पनीले उक्त सेयर जारी गर्न लागेको हो ।
हाल कायम सेयरधनीहरुलाई शतप्रतिशत हकप्रद जारी गर्न अर्थ मन्त्रालयको स्वीकृति लिई आगामी साधारणसभा सो प्रस्ताव पेश गर्ने निर्णय गरेको कम्पनीले जनाएको छ । कम्पनी सञ्चालक समितिको बैठकले सो निर्णय गरेको सूचनामा उल्लेख छ ।
हाल कम्पनीको चुक्ता पुँजी १३ अर्ब ४२ करोड रुपियाँ रहेको छ । प्राधिकरणको २०८१ पुस २५ गते गरेको निर्देशन अनुसार २०८२ माघ मसान्त भित्र पूँजी बृद्धि गर्नुपर्ने जनाइएको छ । उक्त हकप्रद कम्पनीको आगामी वार्षिक साधारण सभाबाट स्वीकृत लिइ नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट स्वीकृत भएपछि निष्काशन हुनेछ ।