पात्रो

रेडियो

समाचार खोजी

नेबिको लिमिटेडले साधारण जनताको लागि रु २० करोड बराबरको आईपीओ निष्कासन गर्ने

साझा अर्थ संवाददाता ९ साउन २०८२, शुक्रवार

काठमाडौं, साउन ९ – नेपालकै पुराना तथा प्रतिष्ठित खाद्य उत्पादन कम्पनीमध्ये एक नेबिको लिमिटेडले साधारण जनताको लागि रु २० करोड बराबरको प्रारम्भिक सार्वजनिक निष्कासन (IPO) ल्याउने भएको छ। यस प्रयोजनका लागि कम्पनीले सिद्धार्थ क्यापिटल लिमिटेडलाई इश्यु तथा बिक्री प्रबन्धकको रूपमा नियुक्त गरेको छ। यससम्बन्धी सम्झौता हिजो साउन ८ गते, सिद्धार्थ क्यापिटलको कार्यालय नक्साल, काठमाडौंमा सम्पन्न भएको हो।

वि.सं. २०२१ मा स्थापना भएको नेबिको लिमिटेडले बालाजु औद्योगिक क्षेत्रमा रहेको मुख्य कारखानाबाट उत्पादन सुरु गरेको हो। कम्पनीका अन्य उत्पादन एकाइहरू हेटौंडा र भैरहवामा रहेका छन्। नेबिकोको वार्षिक उत्पादन क्षमता हाल १,५०० मेट्रिक टन रहेको छ। कम्पनीले हाल बिस्कुट, कन्फेक्शनरी, कुकीज, र सिरियल उत्पादन गर्दै आएको छ। यसका साथै, बेकरी, वेफर र पफ उत्पादनहरूलाई पनि स्वदेश तथा विदेशमा विस्तार गर्ने योजना रहेको कम्पनीले जनाएको छ।

उक्त विस्तारलाई सहयोग पुर्‍याउन हाल हेटौंडा औद्योगिक क्षेत्रमा नयाँ उत्पादन इकाइ निर्माणाधीन रहेको र आवश्यक मेसिनरी खरिद प्रक्रिया अगाडि बढाइएको कम्पनीले जनाएको छ।

223 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
100%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्
साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु