पात्रो

रेडियो

समाचार खोजी

नबिल बैंकले ५ अर्बको अग्राधिकार शेयर जारी गर्ने

साझा अर्थ संवाददाता १८ भदौ २०८१, मङ्गलवार

नबिल बैंकले ५ अर्ब रुपैयाँ बराबरको अग्राधिकार शेयर जारी गर्ने भएको छ। बैंकको भदौ १७ गते बसेको विशेष साधारणसभाबाट प्रस्ताव स्वीकृत भएसंगै बैंकलाई ५ अर्ब रुपैयाँ बराबरको “नबिल ८% अविमोच्य असञ्चिति अग्राधिकार सेयर” जारी गर्ने बाटो खुलेको हो। 

बैंकको व्यापार वृद्धि तथा जोखिमहरूलाई सम्बोधन गर्न अतिरिक्त प्राथमिक पूँजी को माध्यमबाट पूँजीगत आधारमा वृद्धि गर्न आवश्यक भएकाले अग्राधिकार शेयर जारी गर्न लागिएको बैंकले जनाएको छ। 

अब नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपश्चात बैंकले ५ अर्ब रुपैयाँ बराबरको  “नबिल ८% अविमोच्य असञ्चिति अग्राधिकार शेयर” जारी गर्नेछ। बैंकहरुलाई लगानीयोग्य रकम जुटाउनको लागि राष्ट्र बैंकले  बैंकहरुलाई अग्राधिकार शेयर जारी गर्ने बाटो खोलिदिएको थियो। सोहि व्यवस्थाअनुसार नबिल बैकले पनि अग्राधिकार शेयर जारी गर्न लागेको हो। 

बैंकका अध्यक्ष उपेन्द्र पौडेलले  नबिल ८% अविमोच्य असञ्चिति अग्राधिकार शेयरको मताधिकार नहुने भएकोले वर्तमान शेयरधनीको मताधिकारलाई असर नगर्ने तथा यस अविमोच्य असञ्चिति अग्राधिकार शेयर संस्थागत लगानिकर्तामा मात्र व्यक्तिगत तवरबाट जारी गरिने बताए।   

विकास बैकहरुमा कामना सेवा विकास बैंकले राष्ट्र बैंकले तोके बमोजिमको अग्राधिकार शेयर ल्याउने निर्णय गरे पनि बैकहरुमा नबिल बैंक पहिलो हो।

166 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्
साझा ट्रेन्डिङ