पात्रो

रेडियो

समाचार खोजी

राष्ट्रपति पौडेलसमक्ष नवनियुक्त मन्त्री न्यौपानेको शपथ

साझा अर्थ संवाददाता ३२ असार २०८२, बुधवार

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले पद तथा गोपनियताको शपथ लिनुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले उहाँलाई शपथ दिलाउनु भएको हो ।    
    
 राष्ट्रपति पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रियसभा सदस्य न्यौपानेलाई मङ्गलबार सङ्घीय मामिला मन्त्रीमा नियुक्त गर्नुभएको थियो ।    
    
 समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, मन्त्रिगण, सुरक्षा निकायमा प्रमुख, संवैधानिक निकाय प्रमुख, मुख्यसचिव, राजनीतिक दलका नेता तथा कार्यकर्तालगायत सरिक हुनुहुन्थ्यो ।    
    
 यसअघि उहाँ नेकपा (एमाले)का तर्फबाट राष्ट्रियसभामा सचेतकको भूमिकामा हुनुहुन्थ्यो । एमालेको केन्द्रीय सदस्यसमेत रहनुभएका नवनियुक्त मन्त्री न्यौपानेले आजै सिंहदरबार पुगेर पद वहाली गर्ने कार्यक्रम छ ।     

192 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता