काठमाडौँ । नेपाल उद्योग परिसंघको अध्यक्षमा वीरेन्द्रराज पाण्डे चयन हुनुभएको छ । परिसंघको २२औं वार्षिक साधारण सभाले पाण्डेलाई अध्यक्ष चयन गरेको हो । यसअघि वरिष्ठ उपाध्यक्ष रहनुभएका पाण्डे परिसंघको विधान अनुरुप स्वतः अध्यक्षमा चयन हुनुभएको हो ।
एक दशकदेखि परिसंघको राष्ट्रिय परिषद् सदस्यसँगै विभिन्न समितिमा रहेर काम गरिसक्नुभएका पाण्डे २०७५ देखि परिसंघको उपाध्यक्ष बन्नुभएको थियो ।
सिभिल इन्जिनियरिङ, आवास र शहरी विकास, सडक तथा पुल, जलस्रोत व्यवस्थापन, संरचनात्मक प्रबलीकरणमा दख्खल राख्ने पाण्डे नेपाल आदर्श निर्माण कम्पनीका कार्यकारी निर्देशक हुनुहुन्छ ।
बुधबार राजधानीमा सम्पन्न वार्षिक साधारण सभाबाट परिसंघको राष्ट्रिय परिषद् सदस्यमा गोपाल कुमार अग्रवाल, मिलन बाबु मल्ल, परासी अग्रवाल, राहुल कुमार अग्रवाल, वरुण कुमार तोदी, दिपक कुमार अग्रवाल, रोहित गुप्ता, हितेश गोल्छा, अमित मोर, आश्रयता कार्की, निर्वाण कुमार चौधरी, आकाश गोल्छा, विकास दुगड, विक्रम सिंघानिया, अमित कुमार बेगानी, गौरव शारडा, दिलिप अग्रवाल, यश अग्रवाल, सन्दिप शारडा, राजीव गुप्ता निर्वाचित हुनुभएको छ । यसैगरी सञ्जीव न्यौपाने, हेम राज ढकाल, अनुराग गोयल, ध्रुब रिजाल, संजय गोल्छा, वर्षा श्रेष्ठ, राज बहादुर शाह, विदुषी राणा, लक्ष्मी प्रसाद सुवेदी, आशीष जजोडिया, पम्फा धमला, मनिष कुमार खेम्का, आशिष गर्ग, सेवा पाठक निर्वाचित हुनुभएको छ । यस्तै गोकुल भण्डारी, बसन्त बहादुर चन्द, चन्द्र टण्डन निर्वाचित हुनुभएको छ ।
निर्वाचित राष्ट्रिय परिषद सदस्यहरुबाट सर्वसम्मत रुपमा सात जना उपाध्यक्ष चयन हुनुभएको छ । परिसंघको वरिष्ठ उपाध्यक्षमा निर्वाण चौधरी चयन हुनुभएको छ । यसैगरी उपाध्यक्षहरुमा राजबहादुर शाह, हेम राज ढकाल, रोहित गुप्ता, अमित मोर, भीम घिमिरे र गोकुल भण्डारी सर्वसम्मत निर्वाचित हुनुभएको छ । यसैगरी परिसंघको स्थायी आमन्त्रित सदस्यमा सन्दिप शारडा, विदूषी राणा र प्राची अग्रवाल मनोनित हुनुभएको छ । नवनिर्वाचत अध्यक्ष वीरेन्द्रराज पाण्डेले उपाध्यक्ष एवं राष्ट्रिय परिषद् सदस्यहरुलाई सपथ ग्रहण गराउनुभयो ।
साझा अर्थ संवाददाता