पात्रो

रेडियो

समाचार खोजी

६% निफ्रा हरित ऊर्जा डिबेन्चर नेप्सेमा सूचीकृत

साझा अर्थ संवाददाता २६ असार २०८२, बिहिवार

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (NIFRA) र नेपाल स्टक एक्सचेन्ज (NEPSE) बीच भएको सम्झौतापछि “६% निफ्रा हरित ऊर्जा डिबेन्चर २०८८/८९” नेप्सेमा सूचीकृत भएको छ। उक्त सम्झौता अनुसार कुल ५० लाख कित्ता डिबेन्चरहरू सूचीकृत गरिएका छन्, जसको प्रतिकित्ता अंकित मूल्य रू. १,००० रहेको छ। यस डिबेन्चरको निष्कासन १८ जेठ २०८२ मा सुरु भई २५ जेठ २०८२ मा बन्द भएको थियो।

निष्कासन व्यवस्थापनको जिम्मेवारी NIMB Ace Capital Limited ले निर्वाह गरेको थियो।

"६% निफ्रा हरित ऊर्जा डिबेन्चर २०८८/८९" सात वर्षे अवधिको डिबेन्चर हो, जसले वार्षिक ६ प्रतिशत ब्याज दर प्रदान गर्नेछ। यो डिबेन्चरले वातावरणमैत्री तथा हरित ऊर्जामा आधारित परियोजनाहरूमा लगानीलाई प्रोत्साहन गर्ने उद्देश्य लिएको छ। वित्तीय स्थायित्वको खोजीमा रहेका दीर्घकालीन लगानीकर्ताहरूका लागि यो डिबेन्चर सुरक्षित तथा आकर्षक विकल्पका रूपमा हेरिएको छ।

277 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्
साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु