पात्रो

रेडियो

समाचार खोजी

सिप्ला सेक्युरिटिज तीन दिनका लागि कारोबार निलम्बनमा

साझा अर्थ संवाददाता २३ असार २०८२, सोमवार

काठमाडौं, असार २२, २०८२ – नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सिप्ला सेक्युरिटिज प्रा.लि. (ब्रोकर नं. २०) लाई तीन कार्यदिनका लागि धितोपत्र कारोबार निलम्बन गरेको छ। नेप्सेले २०८२ असार २२ गते प्रकाशित सूचनामा क्लियरिङ लिमिटेड र सिडिएससीको २०८२ असार १९ गतेको पत्र (पत्र संख्या २०८१/८२/४.३, चालानी नं. २८१८) को सिफारिसका आधारमा निलम्बन गरिएको जनाएको छ।

सिप्ला सेक्युरिटिजले तोकिएको समयभित्र कारोबारको राफसाफ र ग्राहक पहिचानसम्बन्धी प्रक्रिया पूरा नगरेको पाइएपछि यस्तो निर्णय गरिएको हो। यो निर्णय धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५ को विनियम २२ को उपविनियम १(छ) बमोजिम गरिएको हो। निलम्बन असार २३ गतेदेखि लागू भई तीन कार्यदिनसम्म प्रभावकारी हुनेछ।

238 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्
साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु