पात्रो

रेडियो

समाचार खोजी

युनाइटेड अजोड इन्स्योरेन्सको लाभांश लिन आज अन्तिम दिन

साझा अर्थ संवाददाता १८ असार २०८२, बुधवार

काठमाडौं — युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेड (UAIL) ले प्रस्ताव गरेको १०.५२६३% लाभांश सुरक्षित गर्न आज असार १८ गते अन्तिम दिन हो। कम्पनीले आफ्नो ३१औं वार्षिक साधारण सभा (AGM) आगामी असार ३० गतेका लागि बोलाएको छ। सभा अमृपाली ब्याङ्क्वेट, भाटभटेनी, काठमाडौंमा बिहान १०:३० बजे सुरु हुनेछ।

आर्थिक वर्ष २०८०/८१ का लागि १०.५२६३% लाभांश पारित गर्ने एजीएमको मुख्य एजेन्डा हुनेछ। कम्पनीको सञ्चालक समितिको ६१औं बैठकले असार ४ गते आर्थिक वर्ष २०८०/८१ का लागि १०% बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६३% नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो। हाल कम्पनीको चुक्ता पूँजी २ अर्ब १० करोड रुपैयाँ रहेको छ।

यसका लागि बुक क्लोज मिति असार १९ गते तोकिएको छ। त्यसअघिसम्म सेयर कायम रहेका सेयरधनीहरूले लाभांश प्राप्त गर्न र वार्षिक साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।

129 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्

सम्बन्धित समाचारहरु