पात्रो

रेडियो

समाचार खोजी

सानिमा क्यापिटल अन्तर्गतका तीन म्युचुअल फन्डको जेठ महिनाको NAV रिपोर्ट सार्वजनिक

साझा अर्थ संवाददाता १५ असार २०८२, आइतवार

सानिमा बैंकद्वारा प्रवर्द्धित तथा सानिमा क्यापिटलले व्यवस्थापन गरेको तीन वटा बन्दमुखी म्युचुअल फन्डहरू — सानिमा लार्ज क्याप फन्ड, सानिमा ग्रोथ फन्ड, र सानिमा फ्लेक्सी फन्ड — ले जेठ महिनाको नेट एसेट भ्यालु (NAV) रिपोर्ट सार्वजनिक गरेका छन्।

सानिमा लार्ज क्याप फन्ड (SLCF):
७ वर्षे अवधिको यो बन्दमुखी म्युचुअल फन्डको कुल कोष आकार १ अर्ब २० करोड रुपैयाँ रहेको छ। जेठ महिनामा फन्डले सूचीकृत कम्पनीहरूको सेयरमा १ अर्ब १ करोड, सार्वजनिक निष्कासन, हकप्रद सेयर र बोनस सेयरमा ६ करोड ८० लाख रुपैयाँ लगानी गरेको छ। यसबाहेक ६ करोड रुपैयाँ निश्चित निक्षेपमा, १० करोड ४ लाख रुपैयाँ बन्ड तथा डिबेञ्चरमा लगानी गरिएको छ। फन्डको बैंक ब्यालेन्स १३ करोड ६५ लाख रुपैयाँ रहेको छ।
फन्डले जेठ महिनामा १४ करोड ७९ लाख रुपैयाँ नाफा कमाएको छ। अघिल्लो महिनामा सो नाफा १४ करोड २६ लाख रुपैयाँ थियो। यस महिनाको NAV प्रति इकाई ११.५९ रुपैयाँ पुगेको छ, जुन अघिल्लो महिनाको ११.५४ रुपैयाँभन्दा माथि हो।

सानिमा ग्रोथ फन्ड (SAGF):
११ वर्षे बन्दमुखी योजनाको रूपमा रहेको SAGF को कुल कोष आकार ६७ करोड २५ लाख रुपैयाँ छ। जेठ महिनाको अन्त्यमा यो फन्डको NAV ११.५२ रुपैयाँ रहेको छ, जुन अघिल्लो महिनाको ११.४६ रुपैयाँभन्दा केही माथि हो। फन्डले सूचीकृत कम्पनीको सेयरमा ५६ करोड २० लाख, सार्वजनिक निष्कासनमा १ करोड ६० लाख, निश्चित निक्षेपमा ८ करोड रुपैयाँ लगानी गरेको छ। बैंकमा ७ करोड ८७ लाख र अन्य सम्पत्तिमा २० लाख ४३ हजार रुपैयाँ रहेको छ। साथै, फन्डले ७ करोड ८६ लाख रुपैयाँ नाफा कमाएको छ, जुन अघिल्लो महिनाको ७ करोड ४५ लाखभन्दा वृद्धि भएको हो।

सानिमा फ्लेक्सी फन्ड:
१० वर्षे यो बन्दमुखी योजना अन्तर्गतको फन्डको कोष आकार ४५ करोड ९५ लाख रुपैयाँ रहेको छ। जेठ महिनाको अन्त्यमा NAV ९.९३ रुपैयाँ छ, जुन अघिल्लो महिनाको ९.९१ रुपैयाँभन्दा सामान्य वृद्धि हो। फन्डले सूचीकृत कम्पनीमा १५ करोड ५७ लाख र बैंक ब्यालेन्समा २० करोड ७४ लाख रुपैयाँ लगानी गरेको छ। यो महिनामा फन्ड ३१ लाख ३९ हजार घाटामा रह्यो, अघिल्लो महिनामा यो घाटा ४० लाख २५ हजार रुपैयाँ थियो।

90 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सम्बन्धित समाचारहरु