पात्रो

रेडियो

समाचार खोजी

बरुण हाइड्रोपावरको १००% हकप्रद शेयर असार ३१ गतेदेखि बिक्री खुला

कम्पनीले हाल कायम चुक्ता पूँजी बराबरको ५३ लाख ५८ हजार कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो। आवेदन साउन १९ गतेसम्म दिन सकिनेछ।

साझा अर्थ संवाददाता १३ असार २०८२, शुक्रवार

काठमाडौँ — बरुण हाइड्रोपावर कम्पनी लिमिटेड (BARUN) ले आफ्ना हालका शेयरधनीहरूलाई लक्षित गर्दै १०० प्रतिशत हकप्रद शेयर बिक्री खुला गर्ने भएको छ। कम्पनीले १:१ को अनुपातमा असार ३१ गतेदेखि हकप्रद शेयरको आवेदन खुला गर्ने जानकारी दिएको छ। यो आवेदन श्रावण १९ गतेसम्म दिन सकिनेछ।

कम्पनीले यसअन्तर्गत रु. ५३ करोड ५८ लाख बराबरका ५३ लाख ५८ हजार १ सय ५० कित्ता हकप्रद शेयर जारी गर्दैछ। हाल कम्पनीको चुक्ता पूँजी रु. ५३ करोड ५८ लाख रहेको छ। हकप्रद शेयर निष्काशनपछि कम्पनीको पूँजी दोब्बर हुँदै रु. १ अर्ब ७ लाख पुग्नेछ।

यस हकप्रद शेयर निष्काशनका लागि आरबीबी मर्चेण्ट बैंकिङ लिमिटेड लाई बिक्री प्रबन्धक तोकिएको छ। आवेदन प्रक्रिया सहज बनाउनका लागि कम्पनीले नेप्से सूचीकृत सि-आस्बा सेवामार्फत तथा ‘मेरो शेयर’ प्रणाली प्रयोग गरेर अनलाइन आवेदन दिने व्यवस्था मिलाएको छ।

कम्पनीले जेठ २२ गते बुकक्लोज गरेको छ। यस अनुसार जेठ २१ गतेसम्म नेप्सेमा खरिद गरी कायम शेयरधनीहरू मात्र हकप्रद शेयरमा आवेदन दिन योग्य हुनेछन्।

233 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्