पात्रो

रेडियो

समाचार खोजी

सिम्रिक एयरले प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्ने

साझा अर्थ संवाददाता ८ असार २०८२, आइतवार

काठमाडाै: सिम्रिक एयर लिमिटेडले प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले प्रिमियममा आईपीओ निष्काशन गर्ने प्रस्ताव सहित असार २५ गते साधारणसभा आह्वान गरेको हो।

कम्पनीको सभामा बोनस शेयर वितरण गर्ने प्रस्ताव पनि पेश हुने छ। त्यस्तै सभामा आर्थिक वर्ष २०८०/८१ को संचालक समितिको प्रतिवेदन पारित गर्ने , आ.व. ०८०/८१ को वार्षिक आर्थिक विवरण सहितको लेखापरीक्षण प्रतिवेदन पारित  गर्ने र  आ.व. ०८१/८२ का लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पेश हुने छ।

यस कम्पनीले हेलिकप्टर सेवा संचालन गरिरहेको छ। कम्पनीका अध्यक्ष क्याप्टेन रामेश्वर थापा हुन्।

150 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्
साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु