पात्रो

रेडियो

समाचार खोजी

एनआईसी एशिया इक्विटी लिंक्ड इन्भेस्टमेन्ट स्कीमलाई १ अर्ब रुपैयाँ बराबरको योजना अनुमोदन

साझा अर्थ संवाददाता ४ असार २०८२, बुधवार

काठमाडौं, असार ४ – नेपाल धितोपत्र बोर्ड (सेबोन) ले “एनआईसी एशिया इक्विटी लिंक्ड इन्भेस्टमेन्ट स्कीम” नामक खुला प्रकारको म्युचुअल फन्ड योजनालाई असार ४ गते स्वीकृति दिएको छ। यो योजना अन्तर्गत कुल १० करोड इकाइ शेयरहरू, प्रतिशेयर रु १० अंकित मूल्यमा निष्काशन गरिनेछ। यसरी योजना रु १ अर्ब बराबरको हुनेछ।

उक्त म्युचुअल फन्ड योजनाको प्रायोजक एनआईसी एशिया बैंक लिमिटेड रहेको छ भने कोष व्यवस्थापक एनआईसी एशिया क्यापिटल लिमिटेड रहनेछ। खुला म्युचुअल फन्ड योजना भएकाले, लगानीकर्ताहरूले कुनै पनि समयमा योजना खरिद तथा फिर्ता गर्न सक्ने सुविधा पाउनेछन्।

213 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्
साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु