पात्रो

रेडियो

समाचार खोजी

प्रभु बैंक र छिमेक लघुवित्तका प्रवर्द्धक सेयर लिलामीमा, न्यूनतम दर क्रमशः १०० र ३९० रुपैयाँ

साझा अर्थ संवाददाता ३ असार २०८२, मङ्गलवार

काठमाडौं, असार ३ – प्रभु बैंक लिमिटेड (PRVU) र छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड (CBBL) का प्रवर्द्धक सेयरहरू आजदेखि लिलामीमा आएका छन्। लिलामी असार ३ गतेदेखि सुरु भई असार १० गतेसम्म खुला रहनेछ।

यस लिलामीमा प्रभु बैंकका ९,८८२ कित्ता र छिमेक लघुवित्तका २,४४,४८० कित्ता प्रवर्द्धक सेयरहरू समावेश छन्। लिलामीमा प्रवर्द्धक सेयरधनी, अन्य व्यक्ति, कम्पनी वा संस्थाहरूले भाग लिन सक्ने व्यवस्था गरिएको छ।

प्रभु बैंकका प्रवर्द्धक सेयरको न्यूनतम बोलकबोल दर १०० रुपैयाँ तोकिएको छ भने छिमेक लघुवित्तका सेयरको न्यूनतम दर ३९० रुपैयाँ रहेको छ। बोलकबोल गर्नुपर्ने न्यूनतम परिमाण प्रभु बैंकका लागि १,००० कित्ता र छिमेकका लागि ५०,००० कित्ता तोकिएको छ। लिलामीमा अधिकतम सीमा भने तोकिएको छैन।

उक्त सेयर लिलामीको व्यवस्थापन मुक्तिनाथ क्यापिटल लिमिटेडले गर्नेछ। नेप्से अनुसार, लेख तयार पार्दाको समयसम्म प्रभु बैंकको अन्तिम कारोबार मूल्य (LTP) २०६.२१ रुपैयाँ र छिमेक लघुवित्तको ८९०.२६ रुपैयाँ रहेको छ।

215 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ