पात्रो

रेडियो

समाचार खोजी

सीडीएससी सीईओ प्रविन पन्दाकलाई लगानीकर्ता संघहरूको संयुक्त शुभकामना, सुधार र पारदर्शिताको अपेक्षा

शेयर लगानीकर्ता संघ सहित तीन संघ-संगठनले स्वागत गर्दै प्रविधि, पारदर्शिता र लगानीकर्ता–मैत्री सुधारको अपेक्षा व्यक्त

साझा अर्थ संवाददाता २ असार २०८२, सोमवार

काठमाडौं, असार २ – केन्द्रीय निक्षेप प्रणाली तथा क्लियरिङ लिमिटेड (सीडीएससी) मा प्रविन पन्दाक प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नियुक्त भएकी छिन्। उनको नियुक्ति २०८१ साल पुष १५ गते सञ्चालक समितिको बैठकबाट निर्णय गरिएको थियो।

शेयर लगानीकर्ता संघ नेपाल, पूँजीबजार लगानीकर्ता संघ, स्वतन्त्र पूँजीबजार लगानीकर्ता संघ लगायतका संघ-संस्थाहरूले संयुक्त रूपमा उनलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।

संघहरूले सीडीएससीको भावी योजनामा लगानीकर्ता–मैत्री नीति, प्रविधिको पहुँच विस्तार, शिक्षा तथा सचेतना अभियान, तथा सेवा प्रणालीमा पारदर्शिता र जवाफदेहिताको सुदृढीकरण प्राथमिकतामा पर्ने आशा व्यक्त गरेका छन्।

संयुक्त शुभकामना सन्देशमा भनिएको छ:

"लगानीकर्ता पूँजी बजारको मेरुदण्ड हुन्। त्यसैले सीडीएससीको भावी योजनामा लगानीकर्ता–मैत्री नीति, प्रविधिको पहुँच विस्तार, शिक्षा तथा सचेतना अभियान, र सेवा प्रणालीमा पारदर्शिता र जवाफदेहिताको सुदृढीकरण प्राथमिकतामा पर्ने कुरामा हामी आशावादी छौं।"

सीडीएससीले देशभरका लगानीकर्तालाई हितग्राही खाता (डिम्याट), कागजरहित शेयर कारोबार, आई पि यो  आवेदन प्रणाली (सी–आस्बा), बोनस तथा लाभांशको डिजिटल वितरण, मर्जर तथा एक्विजिसनको क्लियरिङ, र ई–क्लियरिङ प्रणालीमार्फत सेवा दिँदै आएको छ।

संघहरूले निम्न विषयमा ध्यान दिनुपर्ने औंल्याएका छन्:

  • मोबाइल एप, अनलाइन सेवा तथा डिजिटल साक्षरताको पहुँच देशका सबै क्षेत्रसम्म पु¥याउने

  • आई पि यो आवेदन प्रक्रिया थप सहज, पारदर्शी र प्रभावकारी बनाउने

  • क्लियरिङ तथा सेटलमेन्ट प्रक्रियामा समयसीमा घटाउने

  • लगानीकर्ताका गुनासो सुन्ने र समाधान गर्ने हेल्पडेस्क वा पोर्टल स्थापना गर्ने

कार्यक्रममा संघका तर्फबाट तारा प्रसाद फुल्लेल (का.वा. अध्यक्ष), एस.पी. चौलागाई (महासचिव), र डिल्लिश्वर कार्की (अध्यक्ष, स्वतन्त्र पूँजीबजार लगानीकर्ता संघ) लगायतको उपस्थिति थियो। संघहरूले सीडीएससीको नेतृत्वमा संस्थाले थप सुदृढ, पारदर्शी र अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बन्‍ने अपेक्षा व्यक्त गरेका छन्।

732 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ