प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले भारत र पाकिस्तानबीचको तनाव कम गर्न संयमता अपनाउन आग्रह गरेको दाबी गरेका छन्। लुम्बिनीमा आयोजित २५६९औं बुद्ध जयन्ती मूल समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले भारत र पाकिस्तानबीच केही समयअघि तनावपूर्ण स्थिति सिर्जना भएको उल्लेख गर्दै नेपालले दुबै पक्षलाई संयमता अपनाउन आग्रह गरेको बताए।
“भारत र पाकिस्तानबीच झण्डै-झण्डै हात हालाहालको स्थिति आएको थियो। हामीले संयमित हुन आग्रह गर्यौँ,” प्रधानमन्त्री ओलीले भने। उनका अनुसार नेपालले दुबै देशसँग संवाद गरेको थियो र लडाइँमा अवस्था नपुगोस् भन्ने कामना पनि गरेको थियो। “उहाँहरुसित पनि कुरा गर्यौँ, नभन्दै उहाँहरूले लडाइँमा जान नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो। फेरि पनि केही खसखस र आरोप प्रत्यारोपको स्थिति छ,” ओलीले भने।
साझा अर्थ संवाददाता