पात्रो

रेडियो

समाचार खोजी

झापा ऊर्जा लिमिटेडको रेटिङ घट्यो, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको बढ्यो

साझा अर्थ संवाददाता २८ वैशाख २०८२, आइतवार

काठमाडौं, वैशाख २९ – क्रेडिट रेटिङ एजेन्सी आईसीआऱए नेपाल लिमिटेडले झापा ऊर्जा लिमिटेडको इस्युअर रेटिङ घटाएको छ भने प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको रेटिङ उकासेको छ। आईसीआऱए नेपालले झापा ऊर्जा लिमिटेडको इस्युअर रेटिङलाई [आईसीआऱएएनपी–आईआर बीबी – ] बाट घटाएर [आईसीआऱएएनपी–आईआर बी – ] मा ल्याएको हो। यसले कम्पनीको वित्तीय दायित्व पूरा गर्न असफल हुने जोखिम अझै बढी भएको संकेत गर्छ। यो रेटिङले कम्पनीको समग्र क्रेडिट स्थिति जनाउने हो, कुनै विशेष ऋण साधनसँग सम्बन्धित भने होइन। रेटिङ स्केलमा प्रयोग गरिएको 'माइनस' चिन्हले सोही श्रेणीभित्रको कमजोर स्थिति जनाउँछ।

त्यस्तै, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको इस्युअर रेटिङ भने [आईसीआऱएएनपी–आईआर बीबी+ ] बाट बढाएर [आईसीआऱएएनपी–आईआर ट्रिपल बी – ] मा पुर्‍याइएको छ। यसले कम्पनीको क्रेडिट क्षमता पहिलेको तुलनामा बलियो भएको जनाउँछ। नयाँ रेटिङले मध्यम स्तरको सुरक्षा जनाउँछ, जसले कम्पनीले आफ्ना वित्तीय दायित्वहरू पूरा गर्न सक्ने विश्वास बढाएको देखिन्छ। आईसीआऱए नेपालले यी रेटिङहरू कम्पनीको समग्र वित्तीय स्थितिको मूल्याङ्कनका आधारमा जारी गरेको हो र कुनै निश्चित ऋण साधनमा आधारित छैन।

249 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्
साझा ट्रेन्डिङ