काठमाडौं । नेपाल राष्ट्र बैंकले पाँच वटा रेमिट्यान्स कम्पनीको इजाजतपत्र खारेज गरेको छ ।
राष्ट्र बैंकले एक सूचना जारी गर्दै ग्लोबल माउन्टेन रेमिट, राम्रो रेमिट, संसार रेमिट, ललित मनि ट्रान्सफर र माक्स मनि ट्रान्सफरको लाइसेन्स खारेज गरेको जनाएको हो ।
ती कम्पनीसँग कुनै व्यक्ति वा संघसंस्थाले लेनदेन रकम बाँकी रहेको भए सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र विदेशी विनिमय विभागमा लिखित निवदेन पनि सूचनामा उल्लेख छ ।
साझा अर्थ संवाददाता