पात्रो

रेडियो

समाचार खोजी

गभर्नर छनोट समितिबाट पूर्व गभर्नर विजयनाथ भट्टराईद्वारा राजीनामा

साझा अर्थ संवाददाता ९ वैशाख २०८२, मङ्गलवार

काठमाडौंः नेपाल राष्ट्र बैंकको नयाँ गभर्नर छनोट गर्न गठित समितिका सदस्य विजयनाथ भट्टराईले राजिनामा दिनु भएको छ । गभर्नर सिफारिस समिति बनाइएपनि हालसम्म एक पटक पनि बैठक नडाकिएकोमा असन्तुष्टी राख्दै उहाँले राजिनामा दिनु भएको हो ।
भट्राईले आज अपरान्ह राजिनामा दिएको सम्बद्ध श्रोतले जानकारी दिएको छ । प्रधानमन्त्री ओली र काँग्रेस सभापती देउवा विच गभर्नर नियुक्ति गर्ने समझ्‌दारी बनेको बताइएतापनि गभर्नर छनोट समितिको बैठक हालसम्म एक पटक पनि बसेको छैन । 
राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष प्रा. डा. विश्वनाथ पौडेल र राष्ट्र बैंकका पूर्व गभर्नर भट्टराई सदस्य रहेको गभर्नर सिफारिस समिति ११ चैत २०८१ मा मन्त्रिपरिषद्ले गठन गरेको थियो ।

288 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्
साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु