पात्रो

रेडियो

समाचार खोजी

बाँदरपीडित किसानद्वारा गाउँपालिका कार्यालय घेराउ

साझा अर्थ संवाददाता ३० जेठ २०८३, शनिवार

खोटाङ, ३० जेठ : बाँदरपीडित किसानले जन्तेढुङ्गा गाउँपालिकाको कार्यालय घेराउ गरेका छन्। वर्षभरिको अन्नबाली बाँदरले नष्ट गरेपछि किसानहरू शुक्रबार चिसापानीस्थित पालिका कार्यालय पुगेका हुन्।

प्लेकार्ड र नारासहित कार्यालय घेराउ गरेका किसानले माग पूरा नभए चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन्। स्थानीय सूर्य राईले ‘कि जनता पाल, कि बाँदर पाल’ भन्दै आक्रोश पोख्नुभयो। उहाँले बाँदरले बाँच्न दिने अवस्था नरहेको बताउनुभयो।

गाउँपालिका उपप्रमुख खेमबहादुर खड्काले बाँदर नियन्त्रणका लागि गत वर्षदेखि नै बजेट विनियोजन गरिएको जानकारी दिनुभयो। तर, बाँदर मार्न कानुनले नदिने उहाँको भनाइ छ। प्रमुख अरुणादेवी राईले बाँदर मार्ने अधिकार नभए पनि वैकल्पिक उपाय खोजिरहेको बताउनुभयो।

प्रदर्शनमा पालिकाका छवटै वडाका किसान सहभागी थिए। जिल्लाका दशवटै स्थानीय तहमा बाँदर आतङ्क फैलिएको छ। यसअघि चैतमा दिक्तेलमा पनि किसानले हलो-कोदालोसहित प्रदर्शन गरेका थिए।

32 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्

सम्बन्धित समाचारहरु