पात्रो

रेडियो

समाचार खोजी

तीन हजार ५१ जना विद्यार्थी छात्रवृत्ति कोटामा भर्ना

साझा अर्थ संवाददाता ३० जेठ २०८३, शनिवार

काठमाडौँ, ३० जेठ : काठमाडौँ महानगरपालिकाभित्रको छात्रवृत्ति छनोट परीक्षाको पहिलो म्याचिङ सूचीबाट तीन हजार ५१ जना विद्यार्थी छात्रवृत्ति कोटामा भर्ना भएका छन् । कक्षा ११ र १२ मा अध्ययन गर्न चाहने विद्यार्थीमध्ये पहिलो सूचीमा परेका तीन हजार ७३५ जनामध्ये यति विद्यार्थी भर्ना भएका हुन् ।

भर्ना हुनेमा विज्ञान विषयमा एक हजार ९०१, व्यवस्थापनमा एक हजार १११, कानुनमा ३४ र मानविकीमा पाँच जना छन् । विद्यालयहरूले सफ्टवेयरमा विद्यार्थीको विवरण प्रविष्ट गराएपछि रिक्त सिटका आधारमा परीक्षा समितिले दोस्रो म्याचिङ सूचीमा ४८६ जनाको नाम प्रकाशन गरेको छ । दोस्रो सूचीमा विज्ञानका ३२३, व्यवस्थापनका १४५, कानुनका १५, मानविकीका एक र शिक्षाका दुई जना रहेका छन् ।

विद्यार्थीले रोजेको विषय र शिक्षण संस्थाको प्राथमिकता, साथै सामान्य, आरक्षण तथा समूहगत सिट सङ्ख्याका आधारमा यो सूची प्रकाशन गरिएको हो । मनोनयनमा परेका विद्यार्थीले महानगरको पोर्टल (intranet.kathmandu.gov.np) मा आफ्नो रोल नम्बर, जन्ममिति र पासवर्ड प्रयोग गरी मनोनयन पत्र डाउनलोड गर्न सक्छन् । त्यो पत्र लिएर असार ३ गतेभित्र तोकिएको संस्थामा अनिवार्य भर्ना हुनुपर्छ । नभएको खण्डमा छात्रवृत्तिको दाबी स्वतः रद्द हुनेछ ।

यस वर्ष १४५ शिक्षण संस्थाका लागि चार हजार ८५७ कोटा निर्धारण गरिएको थियो । जसमा विज्ञानका दुई हजार ३७१, व्यवस्थापनका एक हजार ५४९, कानुनका ७५, मानविकीका ४९ र शिक्षाका सात कोटा छन् । परीक्षा जेठ १७ गते भएको थियो भने प्रारम्भिक योग्यता सूची १८ गते र अन्तिम सूची २१ गते प्रकाशित भएको थियो । समितिले असार ३ पछि तेस्रो सूची निकाल्ने तयारी गरेको छ ।

51 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्

सम्बन्धित समाचारहरु