पात्रो

रेडियो

समाचार खोजी

आज विश्व रक्तदाता दिवस : सुरक्षित रगत पहुँचमा अझै असमानता

साझा अर्थ संवाददाता ३१ जेठ २०८३, आइतवार

काठमाडौँ, ३१ जेठ: ‘मानवताका लागि एक थोपा रगत, रक्तदान गरौँ, जीवन बचाऔँ’ नाराका साथ आज विश्व रक्तदाता दिवस मनाइँदै छ। यो दिवस स्वेच्छिक रक्तदाताप्रति सम्मान व्यक्त गर्दै सुरक्षित रगत तथा रगतजन्य पदार्थको आवश्यकताबारे चेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुन १४ मा मनाइन्छ।

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) को पछिल्लो तथ्याङ्कअनुसार विश्वव्यापी रूपमा सुरक्षित रगत आपूर्तिमा सुधार भए पनि पहुँचमा ठूलो असमानता कायम छ। सन् २०१३ देखि २०२३ सम्म रगत सङ्कलन करिब १९ प्रतिशतले वृद्धि भएको छ। सन् २०२३ मा अनुमानित १२ करोड रक्तदानमध्ये ८५ प्रतिशतभन्दा बढी स्वेच्छिक तथा निःशुल्क रक्तदाताबाट आएको डब्ल्युएचओले जनाएको छ।

तर, सुरक्षित रगतमा पहुँच विश्वका सबै क्षेत्रमा समान छैन। उच्च आय भएका देशले विश्वको कुल रक्तदानको ३६ प्रतिशत सङ्कलन गर्छन् भने कम आय भएका देशमा आपूर्ति अपुग छ। डब्ल्युएचओका महानिर्देशक डा टेड्रोसले व्यक्तिको बसोबास स्थानले रक्तसञ्चार सेवा प्राप्त हुने वा नहुने निर्धारण गरिरहेको भन्दै सरकारलाई दिगो रक्त प्रणाली निर्माणमा लगानी बढाउन आग्रह गर्नुभएको छ।

रक्त प्रणालीको सुशासन, नियमन र वित्तीय व्यवस्थापनमा समेत कमजोरी रहेको छ। विश्वका एकतिहाइ देशमा रगतको सुरक्षा सुनिश्चित गर्ने स्पष्ट कानुनी व्यवस्था नभएको डब्ल्युएचओको भनाइ छ। सातमध्ये एकभन्दा बढी देशमा रक्त सेवाका लागि छुट्टै सरकारी बजेट नहुँदा दीर्घकालीन रक्त आपूर्तिको स्थायित्वमा चिन्ता बढेको छ। डब्ल्युएचओले सबै देशलाई रक्त सेवाको सुशासन, नियमन र निगरानी प्रणाली सुदृढ बनाउन आह्वान गरेको छ।

40 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्

सम्बन्धित समाचारहरु