पात्रो

रेडियो

समाचार खोजी

क्लियरिङ हाउसको आरपीएस मार्फत हुने ५०० सम्मको ट्रान्स्फरमा शुल्क नलाग्ने

साझा अर्थ संवाददाता २० चैत २०८१, बुधवार

काठमाडौं । नेपाल क्लियरिङ हाउसले रिटेल पेमेन्ट स्वीचमा मार्फत हुने ५०० रुपैयाँ सम्मको फण्ड ट्रान्स्फरमा कुनै शुल्क नलाग्ने व्यवस्था गरेको छ ।
चैत्र १९ गतेबाट उक्त व्यवस्था कनेक्ट आईपीएसमा कार्र्यान्वयनमा आइसकेको छ भने बैंक वित्तीय संस्था र वालेटहरुले आफ्ना प्रणालीहरुमा आवश्यक व्यवस्था मिलाए पछी मोबाइल बैंकिङ्ग तथा वालेटमा पनि क्रमिक रूपमा लागू हुने कम्पनीले जनाएको छ । आरपीएस मार्फत हुने अन्य च्यानलहरु र कारोबारहरुमा भने कारोबार रकमको आधारमा हाल कायम रहेको २ रुपैयाँ र ८ रुपैयाँ कारोबार शुल्कको व्यवस्था यथावत रहने छ ।


कारोबार संख्यामा बृद्धी सँगै कारोबार शुल्क समायोजन गर्ने नीति एनसीएचएलले लिँदै आएको जनाएको छ । आरपीएस मार्फत गत आर्थिक वर्षमा ५६ खर्ब ९७ अर्ब रुपैयाँ बराबरको ७ करोड ५६ लाख रुपैयाँ भुक्तानी कारोबारहरु फर्छ्यौट गरेको जनाएको छ । चाल आर्थिक वर्षको आठ महिनामा ४५ खर्ब ५३ अर्ब बराबरको ६ करोड ८३ लाख भुक्तानी कारोबारहरु फर्छ्यौट गरिसकेको जनाएको छ ।

हाल ५२ बैंक वित्तीय संस्थाहरुको मोबाईल बैंकिङ्ग एपमा आरपीएस कनेक्ट आईपीएसबाट फण्ड ट्रान्स्फर गर्न सकिने सेवा उपलब्ध रहेको छ । १३ भन्दा बढि वालेटहरुमा बैंक खाताबाट क्यास इन आउटको सेवा उपलब्ध रहेको छ ।

259 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता