पात्रो

रेडियो

समाचार खोजी

आजबाट त्रिभुवन विमानस्थल दैनिक १८ घन्टा सञ्चालन

साझा अर्थ संवाददाता १९ चैत २०८१, मङ्गलवार

 
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले आजदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १८ घण्टा सञ्चालन गर्न लागेको छ । गत कात्तिक २३ गतेदेखि विमानस्थल विस्तार गर्नका लागि घटाइएको विमानस्थलको सञ्चालन अवधि  चैत १८ गते सोमबारसम्म दैनिक १४ घण्टा मात्रै थियो । विमानस्थलको स्तरोन्नति कार्य आंशिक रूपमा सम्पन्न भएसँगै अब दैनिक १८ घण्टा सञ्चालनमा आउने भएको हो ।

अब काठमाडौं विमानस्थल बिहान ६ बजे खुल्नेछ भने राति १२ बजे बन्द हुनेछ । यसअघि विमानस्थलको सञ्चालन अवधि बिहान ८ बजेदेखि बेलुकी १० बजेसम्म रहेको थियो ।

 

214 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्
साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु