पात्रो

रेडियो

समाचार खोजी

पुल सुधार कार्यक्रमका लागि विश्व बैंकले स्वीकृत गर्‍यो २० अर्ब ४० करोड ऋण

साझा अर्थ संवाददाता १७ चैत २०८१, आइतवार

विश्व बैंकले तेस्रो पुल सुधार र मर्मत कार्यक्रमका लागि २० अर्ब ४० करोड रुपैयाँ दिने भएको छ। बैंकको कार्यकारी निर्देशक बोर्डले १५ करोड अमेरिकी डलरको वित्तीय सहायता प्याकेज आज स्वीकृत गरेको छ। यो रकम नेपालको रणनीतिक सडक सञ्जालका पुलहरूको मर्मत र बलियो बनाउन प्रयोग हुनेछ। वासिङ्टन डिसीस्थित विश्व बैंकको मुख्य कार्यालयले यो जानकारी दिएको छ।

 पुल प्रणालीले दुर्गम र सहरी समुदायको जीवन यापन, स्वास्थ्य सेवा, शिक्षा र आर्थिक अवसरहरूका साथ अन्य आधारभूत सेवाहरूमा जोड्न महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका तथा बाढी, पहिरो र भूकम्पलगायत प्राकृतिक एवं जलवायुजन्य जोखिमले पुलजस्ता पूर्वाधारमा गम्भीर असर गर्ने भएकाले तिनको सबलीकरणका निम्ति वित्तीय सहयोगको प्याकेज स्वीकृत गरिएको बैंकले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । 

208 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ