आज शुक्रबार सुनको भाउ तोलामै १४ सय बढेर हालसम्मकै उच्च मुल्य किर्तीमानी उचाईमा पुगेको छ । बिहिबार प्रतितोला १ लाख ७४ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज प्रति तोला १ लाख ७६ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
आज प्रति १० ग्राम छापावाल सुनको भाउ १ लाख ५१ हजार ६५ रुपैयाँ तोकिएको छ । नेपाली बजारमा आज शुक्रबार कायम भएको सुनको भाउ हालसम्मकै उच्च हो ।
आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेर प्रतितोला २ हजार ४०० रुपैयाँ पुगेको छ । आज १० ग्राम चाँदीको भाउ १ हजार ७ सय ४९ रुपैयाँ तोकिएको छ ।
साझा अर्थ संवाददाता