पात्रो

रेडियो

समाचार खोजी

इटहरीको सेन्ट्रल प्लाजामा भएको आगलागीबाट ११ जनाको उद्दार

साझा अर्थ संवाददाता १३ चैत २०८१, बुधवार

काठमाण्डौ । इटहरीको मुख्य चौकमै रहेको सेन्ट्रल प्लाजामा भएको आगलागीमा फसेका मानिसहरको उद्दार कार्य भइरहेको छ । सेन्ट्रल प्लाजाको पाँचौ तलामामा बिहान ९ः३०  एक्कासी आगलागी भएको बताइएको छ । घटनालगत्तै सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेनाले उद्धार टोली परिचालन गरी भवनमै फसेकाहरुको उद्धार गरिरहेका छन् ।  भवनबाट ११ जनाको उद्धार भइसके पनि अझै बाँकी रहेका वा नरहेका यकिन गर्न नसकिएको प्रहरीले जनाएको छ । उद्दारका लागि प्रहरी, सशस्त्र तथा सेना परिचालन भएको छ ।  हालसम्म ११ जनाको उद्धार भइसकेको छ । 

95 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्