स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालको अध्यक्षमा वेणुगोपाल रंगनाथन नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिको बैठकले रंगनाथनलाई ८ चैतदेखि लागू हुने गरी अध्यक्ष नियुक्त गरेको हो । उनले आइतबार राष्ट्र बैंकका कायममुकायम गभर्नर नीलम ढुंगानाबाट शपथ लिएका छन् ।
सन् २००७ देखि स्ट्यान्डर्ड चार्टर्ड बैंकमा आबद्ध रंगनाथनसँग बैंकिङलगायत विभिन्न क्षेत्रको ३२ वर्षको कार्यानुभव छ । चार्टर्ड एकाउन्टेन्टसमेत रहेका उनले यसअघि भारतमा रहेर भारतसहित बंगलादेश, श्रीलंका र नेपालका लागि चिफ रिस्क अफिसरका रूपमा काम गरेका थिए ।
साझा अर्थ संवाददाता