आज बुधबार नेपाली बजारमा सुनको भाउ प्रति तोला दुई सय रुपैयाँ बढेको छ । मंगलबार प्रतितोला १ लाख ७३ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज प्रति तोला १ लाख ७३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेर प्रतितोला १ हजार ९ सय ९० रुपैयाँ पुगेको छ । आज १० ग्राम चाँदीको भाउ १ हजार ७ सय ६ रुपैयाँ तोकिएको छ ।
साझा अर्थ संवाददाता