काठमाण्डौ । नेपालको स्थानिय बजारमा सोमबार सुनको मूल्य प्रति तोला ६ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ७३ हजार ५ सय रुपैयाँमा किनबेच भईरहेको छ ।
आइतबारको कारोबारमा भने सुनको मूल्य प्रतितोला १ लाख ७४ हजार १ सय रुपैयाँ कायम थियो । उक्त दिन सुनको मूल्य ९ सय रुपैयाँले ओरालो लागेको थियो ।
साझा अर्थ संवाददाता