काठमाडौं । नेष्डो लघुवित्त वित्तीय संस्थाको बार्षिक साधारण सभा आज कुश्मा पर्वतमा हुदै छ । सेयरधनीँबाट गत आवको नाफाबाट १४.७५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.२५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पािरत हुदैछ ।
सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाहलगायत विवरणमा छलफल गरी पारित गर्नेछ । चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ती गर्ने प्रस्ताव रहेको छ । सभा प्रयोजनका लागि फागुन २८ गते बुक क्लोज गरिसकेको छ । फागुन २७ गतेसम्म कायम रहने सेयरधनीले मात्रा सभामा भाग लिन पाउनेछन् ।
साझा अर्थ संवाददाता