पात्रो

रेडियो

समाचार खोजी

सुनको मूल्य तोलामा नौ सय घट्यो

साझा अर्थ संवाददाता १० चैत २०८१, आइतवार

 

गत शुक्रबारको तुलनामा सुनचाँदीको मूल्यमा आज सामान्य थपघट भएको छ । स्थानीय बजारमा सुनको मूल्य तोलामा ९०० र चाँदी तोलामा  १५ ले घटेको छ ।

गत शुक्रबार प्रतितोला एक लाख ७५ हजारमा कारोबार भएको सुन आज ९०० ले घटेर प्रतितोला एक लाख ७४ हजार एक सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यसैगरी, चाँदी प्रतितोला  एक हजार ९८० मा खरिद बिक्री भएकाे छ । आज अन्तरराष्ट्रिय बजारमा प्रतिऔँस सुन तीन हजार २२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।     

173 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता