पात्रो

रेडियो

समाचार खोजी

आठ महिनामा १४ अर्ब ३७ करोडको सुन आयात

साझा अर्थ संवाददाता ८ चैत २०८१, शुक्रवार

चालु आवको आठ महिनामा १४ अर्ब ३७ करोड बराबरको ११ सय ८९ केजी सुन आयात भएको छ ।  भन्सार विभागको तथ्यांक अनुसार सुन  आयातबाट एक अर्ब ५८ करोड राजस्व संकलन भएको छ।यो गत आवको सोही अवधिको तुलनामा भने कम हो । गत आवको आठ महिनामा  १६ अर्ब १२ करोड २५ लाख रुपियाँको १९ सय एक केजी सुन आयात भएको थियो । गत आवभर भने २३ अर्ब ६५ करोड ३९ लाख रुपियाँ बराबरको २६ सय ५२ केजी सुन आयात भएको थियो । 
पहिला भारत र नेपालमा सुन आयात गर्दा लाग्ने भन्सार महशुल दर बराबर अर्थात् १५–१५ प्रतिशत थियो । त्यसमा पछिल्लो बजेटमार्फत नेपालले सुनमा लाग्ने भन्सार महशुल दर बढाएर २० प्रतिशत पुर्यायो । त्यसपछि भारतले भने घटाएर ६ प्रतिशतमा सिमित राख्यो । 
सुनको आयातमा लाग्ने भन्सार महशुल घटाउँदा पनि सुरुमा सुन आयातमा रौनक देखिएको थिएन । तर, पुस यता सुनको आयात बढेको छ । 

154 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता