पात्रो

रेडियो

समाचार खोजी

नेपालको निर्यात व्यापार ५७ प्रतिशत बढ्यो

साझा अर्थ संवाददाता ७ चैत २०८१, बिहिवार

काठमाडौं । चालु आर्थिक बर्षको फागुनसम्म नेपालको निर्यात व्यापार गत आवको सोही अवधिको तुलनामा ५७.२० प्रतिशतले बढेको छ । भन्सार विभागको तथ्यांक अनुसार गत आर्थिक बर्षको फागुन मसान्तसम्म १ खर्ब ६१ करोड रुपैयाँ बराबरको निर्यात व्यापार गरेको नेपालले चालु आवको सोही अवधिमा बढाएर १ खर्ब ५८ अर्ब १७ करोड २४ लाख रुपैयाँ पुर्याएको छ ।
यस्तै यसै अवधिमा नेपालको आयात व्यापार पनि ११.२० प्रतिशतले बढेको छ । विभागका अनुसार नेपालले गत आवको पहिलो ८ महिनामा १० खर्ब ३० अर्ब २२ करोड रुपैयाँ बराबरको आयात व्यापार गरेकोमा चालु आवमा आयात बढाएर ११ खर्ब ४५ अर्ब रुपैयाँ पुर्याएको हो ।

यसरी आयात र निर्यात व्यापारमा उच्च वृद्धि हुँदा नेपालको व्यापारघाटा पनि ६.२२ प्रतिशतले बढ्दै ९ खर्ब ८७ अर्ब ३९ करोड रुपैयाँ पुगेको छ । गत आवको यहि अवधिमा नेपालको व्यापारघाटा ९ खर्ब २९ अर्ब ६० करोड रुपैयाँ थियो ।

124 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता