पात्रो

रेडियो

समाचार खोजी

माछापुच्छ्रे क्यापिटलले निश्काशन गरेको म्युचुअल फन्डमा आवेदन दिने आज अन्तिम दिन

साझा अर्थ संवाददाता ७ चैत २०८१, बिहिवार

माछापुच्छ्रे क्यापिटल लिमिटेडले  निष्काशन गरेको सामुहिक लगानी कोष योजना (म्युचुअल फण्ड) को इकाईमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । क्यापिटलले फागुन २२ गतेदेखि एमबीएल म्युचुअल फण्ड अन्तर्गत रहने एमबीएल इक्विटी फण्ड नामक सामुहिक लगानी कोष योजनाको इकाई निष्काशन गरेको बन्दमुखी प्रकृतिको अवधि १२ वर्ष रहेको छ ।   प्रति इकाई १० रुपैयाँको दरले १२ करोड इकाई निष्काशन गरिएको छ। जस मध्ये १४ प्रतिशत अर्थात् १ करोड ६८ लाख इकाई कोष प्रबर्दक माछापुच्छ्रे बैंकलाई, र १ प्रतिशत अर्थात् १२ लाख इकाई माछापुच्छ्रे क्यापिटललाई छुट्याएर बाँकि रहेको १० करोड २० लाख इकाई आम सर्वसाधारणको लागि निष्काशन गरिएको छ।
आवेदन दिंदा न्युनतम १०० इकाई र अधिकतम १ करोड २० लाख इकाईको लागि दिन सकिने छ।  नेपाल धितोपत्र बोर्डले माघ २० गते क्यापिटललाई एमबिएल इक्विटी फण्ड नामको बन्दमुखी म्युचुअल फण्ड निष्काशनको अनुमति दिएको थियो। यो माछापुच्छ्रे क्यापिटलको पहिलो म्युचुअल फण्ड हुने छ।

187 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता