काठमाडौं । केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाबाट अज पनि पुनः २५ अर्ब तरलता प्रशोचन गर्ने भएको छ । निक्षेप संकलन उपकरणको माध्यमबाट केन्द्रीय बैंकले २१ दिनका लागि २५ अर्ब प्रशोचन गर्ने भएको हो । इच्छुक बैंक तथा वित्तीय संस्थाहरुले बुधबार दिउँसो ३ बजेसम्ममा आवेदन दिन सक्नेछन् ।
पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुमा निक्षेप बढ्दै जाने तर कर्जाको माग खासै नहुँदा निक्षेप संकलन उपकरणको माध्यमबाट राष्ट्र बैंकले तरलता प्रशोचन गरिरहेको छ । निक्षेप संकलन उपकरणको बोलकबोलमा नेपाल राष्ट्र बैङ्कबाट इजाजतपत्र प्राप्त “क”, “ख” र “ग” वर्गका बैङ्क तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन् । निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ । बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिनेछ । निक्षेप संकलनको बोलकबोलमा निक्षेपवापत जम्मा गर्न चाहेको रकम र ब्याजदर (दशमलव पछिको हकमा चार अंकसम्म) उल्लेख गर्नु पर्नेछ ।
साझा अर्थ संवाददाता