पात्रो

रेडियो

समाचार खोजी

बिद्युत् प्राधिकरणको सबै बैंक खाता रोक्का

साझा अर्थ संवाददाता ६ चैत २०८१, बुधवार

काठमाडौं ।  ३० मेगावाटको चमेलिया जलविद्युत् आयोजना निर्माण गर्ने चिनियाँ कम्पनीलाई समयमै भुक्तानी नगरेपछि बैंकहरूले नेपाल विद्युत् प्राधिकरण केन्द्रिय कार्यालयको सबै कारोबार रोकिदिएका छन् । 
 ठेकेदार चिनियाँ कम्पनी सिजिजिसीले प्राधिकरणविरुद्ध हालेको रिटमा उच्च अदालतले गत भदौ ३० गते क्षतिपूर्ति दिनुपर्ने आदेश गरेको थियो । सुरुमा ८५ करोड दाबी गरिएको मुद्दामा प्राधिकरणले भुक्तानी नगरेपछि पेनाल्टी सहित १ अर्ब ५९ करोड क्षतिपूर्ति दिन उच्च अदालतले आदेश दिएको थियो । तर, प्राधिकरणले पैसा नदिएपछि ठेकेदार कम्पनी पुनः अदालत गएको थियो ।  

प्राधिकरणलाई उक्त रकम भुक्तानी गर्न ७ दिनको समय दिइएको भएपनि खातामा पैसा नभएपछि प्राधिकरणले सो रकम भुक्तानी गर्न सकेन । अदालतको आदेशपछि प्राधिकरणका बैंक खाता रोक्का भएको हो । 

270 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता