आज बुधबार सुनको भाउ प्रति तोला आठ सय रुपैया बढेर फेरी ऐतिहासिक उचाइमा पुगेको छ । मंगलबार प्रतितोला १ लाख ७५ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज प्रतितोला १ लाख ७६ हजार रुपैयाँ पुगेको छ ।
आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले घटेर प्रतितोला २ हजार ४५ रुपैयाँमा किनबेच भइरहेको छ । आज १० ग्राम चाँदीको भाउ १ हजार ७ सय ५३ रुपैयाँ ५० पैसा तोकिएको छ ।
साझा अर्थ संवाददाता