काठमाडौं/ बैंक तथा वित्तीय संस्थाहरुको कुल गैरबैंकिङ सम्पत्ति ४१ अर्ब ७४ करोड नाघेको छ । पछिल्लो १ वर्षमा गैरबैंकिङ सम्पत्ति करिब १८ अर्ब रुपैयाँले बढेको राष्ट्र बैंकको चालु आर्थिक वर्षको माघ मसान्तसम्मको तथ्यांकले देखाउछ । तथ्यांक अनुसार गत वर्षको माघसम्म बैंक–वित्तीय संस्थाको गैरबैंकिङ सम्पत्ति २३ अर्ब ७८ करोड रुपैयाँ थियो ।
एक वर्षमा बैंक–वित्तीय संस्थाहरुको औसत निष्क्रिय कर्जा १.१९ प्रतिशतले विन्दुले बढेको छ । गत वर्षको माघसम्म ३.७३ प्रतिशत रहेको औसत निष्क्रिय कर्जा समिक्षा अवधिमा ४.९२ प्रतिशत पुगेको छ ।
साझा अर्थ संवाददाता