पात्रो

रेडियो

समाचार खोजी

वाणिज्य बैंकहरुको कुल निक्षेप ६० खर्ब ३७ अर्ब पुग्यो

साझा अर्थ संवाददाता ४ चैत २०८१, सोमवार

काठमाडौं । चालु आर्थिक बर्षको फागुन मसान्तसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ६० खर्ब ३७ अर्ब पुगेको छ । नेपाल बैंकर्स संघ९एनबीए०ले फागुन मसान्तसम्मको तथ्यांक सार्वजनिक गर्दै यस अवधिमा वाणिज्य बैंकहरुले जम्मा ४८ खर्ब ५० अर्ब रुपैयाँ बराबरको कर्जा प्रवाह गरेको जनाएको छ । कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ९० प्रतिशत तोकिएपनि हालसम्म वाणिज्य बैंकहरुको सीडी रेसियो ७९।२९ प्रतिशतमा झरेको छ । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको नीति अनुसार, वाणिज्य बैंकहरूले अधिकतम ९० प्रतिशत सीडी रेसियो कायम गर्न सक्छन् ।  

 फागुनमा एभरेष्ट बैंकको सबैभन्दा बढी ६ अर्ब ७५ करोड निक्षेप बढाएको छ । दोस्रो नम्बरमा भने एनएमबी बैकले फागुनमा पाँच अर्ब ८३ करोड, तेस्रो स्थानमा रहेको नेपाल बैंकले पाँच अर्ब ६९ करोड निक्षेप बढाएको तथ्यांकमा उल्लेख छ । यसैगरी नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले चार अर्ब ९७ करोड, ग्लोबल आईएमई बैंकले चार अर्ब तीन करोड, प्राइम कमर्शियल बैंकले तीन अर्ब ८८ करोड, प्रभु बैंकले तीन अर्ब ७५ करोड, नबिल बैंकले तीन अर्ब ७१ करोड, लक्ष्मी सनराइज बैंकले तीन अर्ब २९ करोड, राष्ट्रिय वाणिज्य बैंकले तीन अर्ब १८ करोड र सिद्धार्थ बैंकले तीन अर्ब एक करोड निक्षेप बढाएका छन् । 

हिमालयन बैंकले दुई अर्ब ३२ करोड , सानिमा बैंकले एक अर्ब ४६ करोड , सिटीजन बैंकले ८५ करोड र स्ट्यान्डर्ड चार्टर्ड बैंकले ८४ करोड निक्षेप बढाएको देखिन्छ । 

तर, माछापुच्छ्रे बैंकको २६ करोड रुपियाँ, नेपाल एसबीआई बैंकको ८९ करोड रुपियाँ, कृषि विकास बैंकको तीन अर्ब ५० करोड रुपियाँ, एनआईसी एसिया बैंकको तीन अर्ब ६४ करोड रुपियाँ र कुमारी बैंकको पाँच अर्ब २८ करोड रुपियाँले निक्षेप घटेको छ । 

चालु आवको आठ महिनामा भने वाणिज्य बैंकहरुको निक्षेप दुई खर्ब ७९ अर्ब ६८ करोड बढेको छ । गत असारसम्म वाणिज्य बैंकहरुमा ४५ खर्ब ७० अर्ब ९१ करोड निक्षेप थियो ।  

112 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता