पात्रो

रेडियो

समाचार खोजी

२१ दिनको लागि ४० अर्ब खिच्दै राष्ट्र बैंक

साझा अर्थ संवाददाता ३ चैत २०८१, आइतवार

बजारमा अधिक तरलता भएपछि राष्ट्र बैङ्कको मौद्रिक व्यवस्थापन विभागले २१ दिनको लागि निक्षेप संकलन बोलकबोल उपकरण मार्फत आज चैत्र ३ गते बजारबाट ४० अर्ब खिच्ने भएको छ।  

निक्षेप संकलन उपकरणको बोलकबोलमा नेपाल राष्ट्र बैङ्कबाट इजाजतपत्र प्राप्त “क”, “ख” र “ग” वर्गका बैङ्क तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन् । निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ । ब निक्षेप संकलनको बोलकबोलमा निक्षेपवापत जम्मा गर्न चाहेको रकम र ब्याजदर (दशमलव पछिको हकमा चार अंकसम्म) उल्लेख गर्नु पर्नेछ । राष्ट्र बैङ्कको Online Bidding System Software मार्फत अपरान्ह ३ बजे भित्र आवेदन दिईसक्नु पर्ने राष्ट्र बैंकले जनाएको छ।

आवेदन दिंदा घटीमा रु. १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी पुरै रकमसम्मको लागि आवेदन दिन सकिने छ ।

254 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता