आइतबार आजबाट उपभोक्ता अदालत सञ्चालनमा आएको छ । उपभोक्ताले आफू ठगिएको महसुस गरे अब क्षतिपूर्ति माग गर्दै जाने बाटो खुला भएको छ । विश्व उपभोक्ता दिवसको अवसर पारेर उद्घाटन गरिएको उपभोक्ता अदालतको काम–कारबाही भने आइतबारबाट हुने भएको हो । यसले काठमाडौं उपत्यकाका उपभोक्तासम्बन्धी मुद्दा हेर्नेछ । ‘एकातर्फ खुला बजार, प्रतिस्पर्धी अर्थतन्त्र, बजार संरक्षण तथा
कुनै वस्तु तथा सेवाको खरिद गर्दा स्वास्थ्य तथा जिउ–धनमा हानि–नोक्सानी भए उपभोक्ताले उजुरी लिएर अदालत जान पाउने व्यवस्था छ । स्थानीय तथा प्रदेशस्तरीय निरीक्षण अधिकृतले बजार अनुगमनका क्रममा कैफियत भेटिएका आधारमा उत्पादक, विक्रेता वा वितरकलाई कारबाहीका लागि अदालतसमक्ष निवेदन दिएर सजाय निर्धारण गर्न सक्ने व्यवस्था छ । उपभोक्ताले क्षतिपूर्तिको दाबीसहित अदालतमा उजुरी दिएको खण्डमा मुद्दा लाग्छ । उपभोक्ता ऐनले सात दिनभित्र क्षतिपूर्तिको दाबी गर्नुपर्ने व्यवस्था गरेको छ । व्यवसायीबाट जरिवाना वा क्षतिपूर्ति असुलउपुर गर्नुपर्ने दाबीसहित सरकारी निकाय ९खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, गुणस्तर तथा नापतौल विभाग, औषधि व्यवस्था विभागलगायत०ले समेत मुद्दा लड्न सक्नेछन् । सरकारी निकायले नागरिकलाई जबर्जस्ती कुनै कसुरमा जरिवाना तोकेको खण्डमा न्यायका लागि उपभोक्ता अदालत जान पाउने ढोका खुलेको छ ।
साझा अर्थ संवाददाता