पात्रो

रेडियो

समाचार खोजी

गभर्नर नियुक्तीका लागि अर्थमन्त्रीको संयोजकत्वमा समिति गठन

साझा अर्थ संवाददाता १ चैत २०८१, शुक्रवार

काठमाडौं ।  नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि ३ सदस्यीय सिफारिस समिति गठन गरिएको छ । सरकारले गभर्नर नियुक्तिका लागि अर्थमन्त्री विष्णुप्रसाद पौडेलको संयोकत्वमा  नेपाल राष्ट्र बैंककै पूर्वगभर्नर विजयनाथ भट्टराई र अर्थविद् डा विश्व पौडेल रहेका सिफारिस समिति गठन गरेको हो । 
नेपाल राष्ट्र बैंक ऐन, २०५८ अनुसार मन्त्रिपरिषद्ले गभर्नरको नियुक्तिअघि अर्थमन्त्रीको नेतृत्वमा एउटा सिफारिस समिति गठन गर्नुपर्ने व्यवस्था छ ।

समितिमा पूर्वगभर्नरमध्ये एक जना र आर्थिक, मौद्रिक, वित्तीय वा व्यवस्थापन क्षेत्रका विज्ञमध्ये एक जना सदस्य रहन्छन् । गभर्नर महाप्रसाद अधिकारीको ५ वर्षे कार्यकाल चैत २४ गते सकिँदै छ ।

184 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता