पात्रो

रेडियो

समाचार खोजी

ग्लोबल बैंकबाट भाषा परीक्षा शुल्क तिर्दा ५०% छुट

आयल्स, टोफेल, स्याट, जिम्याट, पिटिई, एसिटीलगायतको शुल्क अनलाइनमार्फत भुक्तानी गर्दा ५० प्रतिशत छुट पाइने

साझा अर्थ संवाददाता २९ फागुन २०८१, बिहिवार

 

ग्लोबल आइएमई बैंक लिमिटेडले वैदेशिक शिक्षा तथा भाषा परीक्षाका लागि लाग्ने विभिन्न शुल्कको अनलाइन भुक्तानी गर्दा लाग्ने सेवाशुल्कमा ५० प्रतिशत छुट दिने भएको छ ।

बैंकले सार्वजनिक गरेको योजनाअनुसार विद्यार्थीले अन्तर्राष्ट्रिय विश्वविद्यालयको शैक्षिक शुल्क, बिमा शुल्कलगायतमा उक्त छुट पाइने भएको हो । त्यसैगरी, भाषा परीक्षाअन्तर्गत आयल्स, टोफेल, स्याट, जिम्याट, पिटिई, एसिटीलगायतको शुल्क अनलाइनमार्फत भुक्तानी गर्दा ५० प्रतिशत छुट पाइने बैंकले जनाएको छ । यो योजना १५ भदौ ०८२ सम्म लागू हुनेछ । 

अन्तर्राष्ट्रिय भुक्तानी सेवामा सेवाग्राहीले आवश्यक कागजात पेश गरेपपछि बैंकले ५० प्रतिशत छुट दिनेछ । 

202 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता