काठमाडौं । वाणिज्य बैंकहरुले चैत महिनाका लागि सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार अधिकांश वाणिज्य बैंकहरुले फागुनकै ब्याजदरलाई निरन्तरता दिएका छन् । तथापि, तीनवटा बैंक लक्ष्मी सनराइज बैंक, नेपाल बैंक र हिमालयन बैंकले भने निक्षेपमा केहीँ ब्याजदर घटाएको छ ।
फागुनको तुलनामा बैंकहरुले चैतका लागि मुद्दति निक्षेपको ब्याजदर औसत ०.०८ प्रतिशतले घटाएका छन् । घटेको ब्याजदर अनुसार वाणिज्य बैंकहरुले निक्षेपमा प्रदान गर्ने ब्याजदर औसत ५.९३ प्रतिशत कायम भएको छ । फागुनमा यस्तो औसत ब्याजदर ६.०१ प्रतिशत रहेको थियो ।

साझा अर्थ संवाददाता