रिलायबल क्यापिटल इन्भेष्टमेन्ट एन्ड मर्चेन्ट लिमिटेडले प्रतिइकाइ १० रुपैयाका दरले १ अर्ब बराबरको कुल १० करोड इकाइ रिलायबल म्युचुअल फण्डअन्तर्गत सामूहिक लगानी कोष ‘रिलायबल समृद्धि योजना’ निष्कासन तथा बिक्री खुला गर्ने भएको छ ।
कुल निष्कासनमध्ये १५ प्रतिशत अर्थात १ करोड ५० लाख इकाइमध्ये १४ प्रतिशत अर्थात् १ करोड ४० लाख इकाइ कोष प्रवर्धक कम्पनी रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडलाई र १ प्रतिशत अर्थात १० लाख इकाइ योजना व्यवस्थापकलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाइ सर्वसाधरणलाई बिक्री गर्न लागेको हो ।
यस १० वर्षे बन्दमुखी योजनामा लगानीकर्ताले २०८२ वैशाख ३ गतेदेखि ७ गतेसम्म आवेदन दिन सक्नेछन् । तोकिएको समयभित्र पर्याप्त आवेदन नपरेमा चैत १७ गतेसम्म समय लम्बिनेछ । आवेदन दिँदा न्युनतम १०० इकाइ र अधिकतम १ करोड इकाइसम्म दिन सकिनेछ ।
रिलायबल लाइफ इन्स्योरेन्स कोष प्रवर्द्धक एवं रिलायबल क्यापिटल इन्भेष्टमेन्ट एन्ड मर्चेन्ट लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको यस योजनाको निष्कासक तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल रहेको छ ।
साझा अर्थ संवाददाता