आज बुधबार सुनको भाउ ६ सय रुपैयाँ बढेको छ । मंगलबार प्रतितोला १ लाख ६९ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज १ लाख ७० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदीको भाउ पनि तोलामा ३० रुपैयाँले बढेर प्रतितोला २ हजार रुपैयाँमा किनबेच भइरहेको छ । आज १० ग्राम चाँदीको भाउ १ हजार ७ सय १४ रुपैयाँ ५० पैसा तोकिएको छ ।
साझा अर्थ संवाददाता