नेपाल स्टक एक्सचेन्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृत (सिइओ) बन्न १० जनाको आवेदन परेको छ । आइतबार साँझ पाँच बजे अन्तिम दिनसम्ममा आवेदन परेको हो ।
आवेदन दिनेमा इलामका पूर्णप्रसाद आचार्य, नुवाकोटका बद्रीप्रसाद प्याकुरेल, सर्लाहीका नारदकुमार लुइँटेल, झापाका युवराज दाहाल, काभ्रेपलाञ्चोकका प्रवीण अधिकारी, झापाका चूडामणि चापागाईं, सिराहाका विमलकुमार तिवारी, पाल्पाका कृष्णबहादुर कार्की, पाल्पाकै हेमन्त वश्याल र डडेलधुराका मुकन्दराज जोशीले आवेदन दिएका हुन् ।
साझा अर्थ संवाददाता