काठमाडाैः चालु आर्थिक वर्षको सात महिनामा वाणिज्य बैंकहरुले ३६ अर्ब भन्दाबढी खुद नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार संचालनमा रहेका २० वाणिज्य बैंकहरुले २०८१ साउन देखि २०८१ माघसम्मको अवधिमा कुल ३६ अर्ब ६ करोड ७९ लाख रुपैयाँ खुद नाफा कमाएका हुन् । समिक्षा अवधिमा नविल बैंकले सबैभन्दा धेरै ४ अर्ब १ करोड खुद नाफा कमाएको छ। त्यस्तै ग्लोबल आईएमई बैंकले ३ अर्ब ८९ करोड, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ३ अर्ब ४३ करोड तथा एभरेष्ट बैंकले २ अर्ब ५७ करोड खुद नाफा कमाएको छ। त्यस्तै, एनआईसी एशिया बैंकको खुद नाफा सबैभन्दा कम अर्थात् ४६ करोड ४७ लाख रहेको छ। त्यस्तै कुमारी बैंकले ७३ करोड ४६ लाख खुद नाफा कमाउँदा कृषि विकास बैंकले ७९ करोड ९९ लाख खुद नाफा कमाएका छन् ।
७ महिनामा वाणिज्य बैंकको खुदनाफाको विवरण
नेपाल बैंक– रु. २ अर्ब ४५ करोड ८० लाख
राष्ट्रिय वाणिज्य बैंक– रु. १ अर्ब २३ करोड ८० लाख
नबिल बैंक– रु. ४ अर्ब १ करोड १० लाख
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक– रु. ३ अर्ब ४३ करोड ९० लाख
स्ट्याण्डर्ड चार्टर्ड बैंक– रु. १ अर्ब ८३ करोड ८० लाख
हिमालयन बैंक– रु. १ अर्ब ४७ करोड २० लाख
नेपाल एसबीआई बैंक– रु. १ अर्ब ९ करोड १० लाख
एभरेष्ट बैंक– रु. २ अर्ब ५७ करोड ३० लाख
एनआईसी एशिया बैंक– रु. ४६ करोड ४० लाख
माछापुच्छ्रे बैक– रु. ९६ करोड ८० लाख
कुमारी बैंक– रु. ७३ करोड ८० लाख
लक्ष्मी सनराइज बैंक– रु. १ अर्ब ५८ करोड ८९ लाख
सिद्धार्थ बैंक– रु. ८५ करोड ५० लाख
कृषि विकास बैंक– रु. ९५ करोड ७० लाख
ग्लोबल आईएमई बैंक–रु. ३ अर्ब ८९ करोड
सिटिजन्स् बैंक– रु. ९० करोड २० लाख
प्राइम कमर्सियल बैंक– रु. २ अर्ब १८ करोड २० लाख
एनएमबी बैंक– रु. २ अर्ब ३४ करोड ४० लाख
प्रभू बैंक– रु. १ अर्ब ८३ करोड ४० लाख
सानिमा बैंक– रु. १ अर्ब ३७ करोड १० लाख
साझा अर्थ संवाददाता