क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले निष्काशन गरेको आईपीओमा आवेदन दिने आज फागुन २६ गते अन्तिम दिन रहेको छ। कम्पनीले फागुन २२ गतेदेखि आम सर्वसाधारणको लागि १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता शेयर निष्काशन गरेको हो।
आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सकिने छ। शेयर निष्काशनको लागि एनआईएमबि एस क्यापिटल बिक्री प्रबन्धक रहेको छ।
कम्पनीले यस अघि नै श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकलाई आईपीओ निष्काशन गरि बाँडफाँड गरिसकेको छ।
साझा अर्थ संवाददाता