पात्रो

रेडियो

समाचार खोजी

४६.३३ अंकले घटेर २७७२.१० विन्दुमा नेप्से

साझा अर्थ संवाददाता २५ फागुन २०८१, आइतवार

काठमाडौं । साताको पहिलो दिन आइतबार नेप्से परिसूचक ४६.३३ अंकले घटेर २७७२.१० विन्दुमा रोकिएको छ ।  आइतबार कारोबारमा आएका ३१५ कम्पनीको करोड २७ लाख कित्ता शेयर किनबेचहुँदा १० अर्ब माथिको कारोबार भएको हो ।
यो दिन सर्वाधिक  हिमालयन रिइन्स्योरेन्स कम्पनीको १ अर्ब १२ करोड रुपैयाँको कारोबार भएको छ । त्यस्तै नेपाल रिइन्स्योरेन्स कम्पनी,एनआरएन इन्फाष्ट्रचर एण्ड डेभलपमेन्ट र्बैक, गार्डेन माइक्रो इन्स्योरेन्स,सिइडीबी होल्डिङको शेयर मूल्य ३० करोड रुपैयाँदेखि ५९ करोड रुपैयाँसम्मको कारोबार भएको छ ।
उच्च अंकले घटेको बजारमा गोर्डेन माइक्रो लाइफ इन्स्योरेन्सको ऋणपत्रको शेयर मूल्यमा १० प्रतिशतले सकारात्मक सर्किट लागेको छ ।
त्यस्तै, भुगोल इनर्जी डेभलपमेन्ट कम्पनी, एनआइविएल ग्रोथ फण्डको ३.९३ प्रतिशतले बढेको छ । यो दिन सर्वाधिक घट्ने कम्पनीमा उपकार लघुवित्त वित्तीय संस्था, सिन्धु विकास बैंक, राप्ती हाइड्रो एण्ड जनरल कन्ट्रसक्न,समाज लघुवित्त वित्तीय संस्था, लाइफ इन्स्योरेन्स कर्पोरेसनको शेयर मूल्य ७.२८ प्रतिशतदेखि १० प्रतिशतसम्मले घटेको छ ।

 

137 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता